बिबेक श्रेष्ठ , ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकामा रहेको शिव सरस्वती मा.विले अब प्राविधिक शिक्षा संचालन गर्ने शैक्षिकसत्र २०७९ देखि नै प्राविधिक शिक्षा संचालन गर्ने भएको छ । आज बसेको गाउँपालिकाभित्र रहेकोे विद्यालय व्यवस्थापन समितिका र प्रधानाध्यापककाे संयुक्त बैठकले गरेको यस्तो निर्णय गरेको हो ।
शिव सरस्वती मा.विका अध्यक्ष दानबहादुर श्रेष्ठकाे सभापतित्वमा ऋषिङ शिक्षा शाखा प्रमुख सुवासचन्द्र रानाभाटले यहाँहरुको सल्लाह ,सुझाव तथा परामर्श अनुसार ऋषिङको शिक्षा क्षेत्रमा काम गर्ने बताए ।
प्राविधिक शिक्षा संचालनकाे लागि शिव सरस्वती मा.वि.ले बिद्यालय प्राङ्गणमा २०७६ माघ १७ देखि २५ श्रीमद्भागवत ज्ञान महायज्ञ संचालन गरी आर्थिक संकलन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?