नुवाकोटमा विद्युत पोलमा झुन्डिए एक पुरूष, तल झर्न फकाउँदै प्रहरी

ककनी :नुवाकोटमा एक जना पुरूष विद्युतको पोलमा झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्।

ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्। ‘केही घण्टा भयो, उहाँ पोलमा चढ्नुभएको। प्रहरीले उहाँलाई झर्नको लागि फकाइरहनु भएको छ,’ खड्काले भने।

उनका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनलाई अहिले पोलबाट झर्ने प्रयास भइरहेको छ।

उनि बिजुली पोलमा चढ्दा ६० मेगावाटको आयोजना नै अहिले बन्द गरिएको छ। करेन्ट लाग्नसक्ने आसंकामा विद्युत बन्द गरिएको हो। त्रिशुली थ्री ए आयोजना बन्द हुँदा काठमाडौंको विद्युत व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

उनले पोलमा चढेर विद्युत लाइनहरु चलाइरहेका छन्। त्यस लाइनमा डबल सर्किट छ। एउटामा चार्ज छ र अर्कोमा छैन। उनले पोलमा चढेर विद्युत लाइनहरु चलाइरहेका छन्। त्यस लाइनमा डबल सर्किट छ। एउटामा चार्ज छ र अर्कोमा छैन। चार्ज नभएको सर्किटमा चाहि ती व्यक्ति छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?