थप १९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १६२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार २९१ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १०६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०५ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाटकसैको पनि मृत्‍यु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?