दमौली : तनहुँ उद्योग वाणिज्य संघले सभाकक्षमा आइतवार एक कार्यक्रमकाबिच वाणिज्य संघका सदस्यहरु मध्येबाट विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वगत , बधाई एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सभाकक्षमा आयोजित उक्त कार्यक्रममा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य एवं संघका पूर्व अध्यक्ष एवं सल्लाहकार मंगलप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष शान्तिरमण वाग्ले, प्रथम उपाध्यक्ष श्री ईमकुमार मल्ल, द्धितिय उपाध्यक्ष श्री कुमार मल्ल, महासचिव सुबोध अधिकारी, महिला उद्यमि विकास समिति सभापति शकुन्तला आले, विभिन्न बजार इकाईका सभापतिहरु, कार्यसमिति सदस्यहरु, आमन्त्रित सदस्यहरु, महिला उद्यमि विकास समितिका पदाधिकारी र तनहुँ उद्योग वाणिज्य संघका विभिन्न उप–समितिका संयोजकहरु लगायत निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सोहि कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई संघका प्रथम उपाध्यक्ष श्री इमकुमार मल्लद्धारा स्वागत मन्तब्य राख्नुभएको थियो भने स्वागत सम्मान पाउने जनप्रतिनिधिहरुमा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्णराज पण्डित शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुखमा, पूर्व अध्यक्ष शान्तिरमण वाग्ले व्यास नगर पालिका वडा नं. ३ को वडा सदस्यमा, तनुहँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाईका पूर्व सभापति राजकुमार वाग्ले शुक्लागण्डकी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष पदमा, तनहुँ उद्योग वाणिज्य संघका सदस्य कासिराम श्रेष्ठ व्यास नगरपालिका वडा नंं २ को वडा अध्यक्षमा, तनहूँ उद्योग वाणिज्य संघका सदस्य दिपककुमार श्रेष्ठ म्याग्दे गाउपालिका वडा नं. ४ को वडा अध्यक्षमा ,संघका साधारण सदस्य बालकृष्ण घिमिरे म्याग्दे गाउँपालिकाका उपाध्यमा, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका निवर्तमान सचिव दधिराज घिमिरे व्यास नगरपालिका वडा नं. ३ को वडा सदस्यमा , दमौली बजार इकाई समितिका निवर्तमान सदस्य सरोज भण्डारी व्यास नगरपालिका वडा नं. ४ को वडा सदस्यमा ,संघका साधारण सदस्य श्सना रफत मिया व्यास नगरपालिका वडा नं.२ को वडा सदस्य, संघका सदस्य सुरेश वाग्ले व्यास नगरपालिका वडा नं. २ को वडा सदस्यको उपस्थिति रहेका थिए।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य एवं संघका पूर्व अध्यक्ष एवं सल्लाहकार मंगलप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष एवं सल्लाहकार एवं वडा सदस्य शान्तिरमण वाग्ले, संघका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णराज पण्डित, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, व्यास नगरपालका वडा नं. २ का वडा अध्यक्ष कासिराम श्रेष्ठले आफ्नो मन्तब्य राखेको थियो ।
जनप्रतिनिधिहरुले आफ्नो मन्तब्य राख्ने क्रममा संघ र स्थानिय सरकार एक आपसमा हातेमालो गर्दे जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?