दमौली : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँको आयोजना र युवा रेड्क्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आतिथ्यतामा व्यास १ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा आइतवार जिल्ला स्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ ।
युवा तथा जुनियर रेडक्रस सर्कलको उत्प्रेरकको रुपमा चिनिने आदरणिय शिक्षक नायक, विद्यालयमा गठित सर्कललाई मानवीय अभियानमा उत्प्रेरित गर्दै नेपाल रेडक्रस सोसाइटी को अभिन्न अङ्ग जुनियर युवा रेडक्रसको निर्देशिका को मर्मअनुसार का वार्षिक गतिविधि सञ्चालन गर्न वार्षिक कार्यतालिका निर्माण गरी बैधानिक दायित्व पुरा गर्दै विद्यार्थीहरुमा समाजसेवी भावनाको विजारोपण गर्दै उनीहरुमा अन्तरनिहित प्रतिभालाई समेत प्रस्तुत गराउन जुनियर युवा रेडक्रसलाई सशक्त बनाउने रणनीतिको बारेमा उक्त गोष्ठीमा व्यापक छलफल भएको थियो ।
तनहुँ जिल्लामा गठन भएका सर्कल हरु उक्त कार्यक्रममा ५२ वटा सर्कलका शिक्षक नायकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जुनियर तथा युवा रेकर्डसले यस शैक्षिक सत्रमा सञ्चालन गर्ने कार्यक्रमहरु को तय गर्दै उक्त कार्यक्रम सञ्चालन गर्दा अपनाउनुपर्ने थप्न रणनीतिको समेत तय गरेको छ ।
युरेस आदिकवि का अध्यक्ष सुनिता तिवारी अध्यक्षता भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सुर्यप्रसाद ढकाल, जिल्ला सभापति कृष्णहरि वाग्ले, क्यम्पस प्रमुख महाप्रसाद हड्ङ्खले, उपसभापति ऋषीराम पोखरेल, कोषाध्यक्ष हरिशरण पण्डित, युवा तथा जुनियर रेडक्रस गण्डकी प्रदेश सयोजक रामदत्त पौडेल, जिल्ला सयोजक सुशील नराल ,जूनियरउप समितिका सदस्यहरू लगायत उपस्थिति रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?