
दमौली : यातायात व्यवस्था कार्यालय डुम्रेले असार १ गतेदेखि बन्दीपुर-४ बिमलनगरबाट सेवा प्रवाह गर्ने भएको छ ।
कार्यालयले सवारी दर्ता, बिलबुल नविकरण लगाएतको काम गर्दै आएको थियो । अब भने बिमलनगरबाट सो काम संगै ट्रायल, लाइसेन्स लगाएतको काम समेत छिट्टै नै संचालन हुने कार्यालयले जनाएको छ ।
सोमबार एक सुचना जारी गर्दै हालसम्म बन्दीपुर -१ चिसापानीबाट सेवा प्रदान गर्दै आइरहेकोमा असार १ गते देखि बिमलनगरबाट नियमित सेवा प्रवाह हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?