लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

दाङ : महिला र बालिका हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कस्थित लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन्।

मन्त्री वलीले महिला र बालिका लाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?