तनहुँ जिल्लामा लगाइएकाे निषेधाज्ञा एक हप्ता लम्ब्याइएकाे छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।
आइतबार (आज) बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले दमौली अनलाइनलाई बताए ।
थपिएको निषेधाज्ञामा तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खाेल्न पाइने निर्णय भएको छ ।
नयाँ शैक्षिक सत्र यही असार १ गतेदेखि सुरु हुने भए पछि पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ ।
यस्तै बैंक तथा वित्तिय संस्था विहान १० देखि दिउँसो १ बजेसम्म खुल्नेछ । छापाखाना, वर्कसप,मोबाइल मर्मत पसलहरु पनि समय तोकेर खोल्ने निर्णय भएको छ ।
तनहुँ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । जिल्लामा पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिदेखि सकिँदैछ ।
[pdf-embedder url=”https://www.damaulionline.com/wp-content/uploads/2021/06/Scan2021_06_13_171514.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?