व्यास नगरपालिका -३ स्थित व्यास क्षेत्र शिव पाञ्चायन मन्दिर परिसरमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माण कार्य थालनी अगाडि बढ्ने भएको छ ।मूर्ति निर्माणका लागि आइतबार सम्झौता सम्पन्न भएको छ ।
नगरपालिका र गौरी पार्वती, देव एण्ड सयर÷ऋषिशक्ति जे.भि विच सम्झौता भएको हो । सम्झौता अनुसार पहिलो चरणमा ५ करोड ५० लाख ५५ हजार ६ सय ४० बराबरको काम हुनेछ ।
कुल ७१ करोड २ लाख १० हजार ८ सय ८९ रुपैया लागतमा निर्माण सम्पन्न गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा आयोजित हस्ताक्षर कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठको उपस्थितिमा उक्त सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सिग्देल र निर्माण व्यवसायीका तर्फबाट ऋषिराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?