बेहुलाले साईकलमै चढाएर बेहुली भित्राए

दमौली : तनहुँको व्यास नगरपालिका–१० का २६ बर्षीय बिनोद सापकोटाले साईकलमा चढेर गएर बेहुलीलाई पनि साईकलमा ल्याएर भित्राएका छन् ।
सामाजिक सन्देश प्रवाह गर्नको लागि मङ्गलबार तनहुँमा सवारीको लागि साईकलको प्रयोग गरी भव्य रुपमा विवाह गरिएका  हुन् ।

सामाजिक सन्देश प्रवाह गर्नको लागि मङ्गलबार तनहुँमा सवारीको लागि साईकलको प्रयोग गरी भव्य रुपमा विवाह गरिएको हो । मिताव्ययीता तरिकाले बिवाह गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न र प्रेट्रोलियम प्रदार्थको खपत घटाउने मुख्य उद्देश्यले साईकल सवारी प्रयोग गरेको बेहुला सापकोटाले प्रतिक्रिया दिए ।

समाजमा भड्किलो तरिकाले विवाह गर्ने प्रचलनको अन्त्यको लागि पहल गर्नुपर्छ भनेर साईकल प्रयोग गरेका जनाएको छ ।  साइकलमा बेहुला गएर बेहुलीलाई अगाडी राखेर चलाउँदा देख्नेहरु अचम्म मानिरहेका थिए ।

बेहुली सङ्गीता भुजेल लिन साईकलमा करिब ४ किलोमिटर दुरी मात्र थियो  । बेहुलासँगै एक दर्जन जन्ती पनि साईकलमै गएका थिए । सिङगार पटार गरेका बेहुलो र बेहुलीलाई साइकलमा सवार गरेको देखेपछि रोक्दै टिकटक बनाउने र सेल्फी खिच्नेको पनि भिड उत्तिकै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?