
काठमाडौं : नेप्से परिसूचक शुक्रबार भने सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक शुक्रबार १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो। यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले बढेको छ।
शुक्रबार कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम भने अघिल्लो कारोबारको भन्दा कम हो।
नेप्सेका १३ उपसूचकहरुमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने म्युच्युअल फण्ड उपसूचकमा भने गिरावट आएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने यता म्युचुअल फण्ड उपसमूहको सूचक ०.६७ प्रतिशतले घटेको छ।
त्यस्तै शुक्रबार कारोबारमा आएका ङादी ग्रुप पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सिवाईसी नेपालको शेयरमूल्य पनि ८.२१ प्रतिशतले बढेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?