म्याग्दे गाउँपालिकाले ल्यायो ७३ करोडको बजेट

दमौली : म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि रु ७३ करोड २६ लाख ९५ हजार तीन सय ६५ को अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको शुक्रबार आयोजित बाह्रौ गाउँसभाको अवसरमा उपाध्यक्ष बालकृष्ण घिमिरेले उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

पूर्वाधार विकासमा पूँजीगततर्फ रु १५ करोड ९२ लाख २९ हजार छ सय ७५ र चालुतर्फतर्फ रु ५७ लाख ३९ हजार ६ सय ९० गरी रु १६ करोड ४९ लाख ६९ हजार तीन सय ६५ प्रस्ताव गरिएको छ ।

आर्थिक विकास समिति अन्र्तगत पुँजीगत तर्फ रु ती करोड २३ लाख ८० हजार र चालुतर्फ रु दुई करोड २८ लाख २० हजार गरी रु पाँच करोड ५२ लाख प्रस्ताव गरिएको छ ।

सामाजिक विकास समिति अन्र्तगत पुँजीगततर्फ रु सात करोड ७४ लाख र चालुतर्फ रु ३० करोड ५५ लाख ७६ हजार गरी रु ३८ करोड २९ लाख ७६ हजार प्रस्ताव गरिएको छ । सुशासन तथा संस्थागत विकास अन्तर्गत चालुतर्फ रु सात करोड ४ लाख ५० हजार र पुँजीगततर्फ रु ४१ लाख गरी रु सात करोड ४५ लाख ५० हजार प्रस्ताव गरिएको छ ।

वन, वातावरण तथा विपद व्यवस्थापन अन्र्तगत चालुतर्फ रु दश लाख र पुँजीगततर्फ ४० लाख गरी रु ५० लाख प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?