भानु जन्मजयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता हुने

दमौली : आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको कविता प्रतियोगिता हुने भएको छ ।बिहिवार दमौलीमा  पत्रकार सम्मेलन गर्दै असार २८ गते भानुको चुँदि रम्घामा प्रतियोगिताका हुने जनाएको छ  ।

कार्यकारी निर्देशक शंकर रानाभाटले कविता प्रतियोगितामा प्रथम , द्वितिय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ / ५ हजार पुरस्कार दिने बताए ।

समितिले कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, कसैको ब्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनीतिक आक्षेप लगाउने किसिमको हुन नहुने र २ सय शब्दमा नवढाइ लेखिएको हुनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?