गण्डकीको नीति तथा कार्यक्रम : आदिकवि भानुभक्त क्याम्पसलाई विश्वविद्यालयको लागि अध्ययन गरिने

आदिकवि भानुभक्त क्याम्पस दमौलिलाई विश्वविद्यालय बनाउनको लागि सम्भाब्यता अध्ययन गरिने भएको छ ।

गण्डकी प्रदेश सभामा प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुखले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ का लागि तय  गरेको  नीति तथा कार्यक्रममा तनहुँको दमौलीमा रहेको आदिकवि भानुभक्त बहुमुखी क्याम्पसलाई विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिने भएको हो  ।

१९८७ मा स्थापना भएको  तनहुँ जिल्लाको उच्च शिक्षाको लागि सबैभन्दा ठूलो शैक्षिक केन्द्र यस क्याम्पसले १० +२ देखि मास्टर डिग्री स्तरसम्म तीनैवटा मानविकी, व्यवस्थापन र शिक्षा संकायमा शिक्षा कार्यक्रमहरू प्रदान गरिरहेको छ। 

१० डिसेम्बर २०१३ बाट विश्वविद्यालय अनुदान आयोग, काठमाडौं, द्वारा गुणस्तर आश्वासन र मान्यता (क्यूएए) प्रमाणपत्रबाट मान्यता प्राप्त गरेको उक्त क्याम्पसमा दलित, अशक्त, शैक्षिक रूपमा विपन्न वर्गका विद्यार्थीहरूले लाभ लिइरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?