काठमाडौं : महुली लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि एफपिओ जारी गर्दैछ। संस्थाले ४ लाख १६ हजार १४७ कित्ता एफपिओ निष्कासन गर्ने भएको हो।
यतिबेला लघुवित्तले एफपिओ निष्कासन गरिदिने बिक्री प्रबन्धक नियुक्तिको लागि आवेदन लागि माग गरेको छ। संस्थाका अनुसार इच्छुक निष्कासन तथा बिक्री प्रबन्धकले आफ्नो कम्पनीको विवरण सहित १५ दिन भित्र दर रेट पेश गर्न सक्नेछन्।
बिक्री प्रबन्धक छनौट भएसँगै संस्थाले आवश्यक प्रक्रिया पूरा गरेर एफपिओ निष्कासन स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ। धितोपत्र बोर्डले स्वीकृती दिएसँगै कम्पनीले एफपिओ निष्कासन गर्नेछ।
हाल महुली लघुवित्तको सूचीकृत सेयर २८ लाख २१ हजार ६९४ कित्ता छ। संस्थाको कुल चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार चार सय रुपैयाँ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?