काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेको छ ।आयोगले दुईवटा विकल्प अघि सार्दै कम्तीमा काठमाडौं उपत्यकाभर भए पनि विद्युतीय मतदान यन्त्रबाट मतदान हुने व्यवस्था गराइदिन गृह मन्त्रालयमा पत्राचार गरेको हो ।
निर्वाचन आयोगले पठाएको पत्रमा दुईवटा विकल्प उल्लेख छ । आयोगले कि नेपालमै उत्पादित विद्युतीय मतदान यन्त्रको गुणस्तर विश्वसनीयता प्रमाणीकरण गरिदिन भनेको छ । नभए अन्य मुलुकमा निर्मित विद्युतीय मतदान यन्त्र किनेर निर्वाचन आयोगलाई साउनभित्र उपलब्ध गराइदिन भनेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालमा उत्पादिन विद्युतीय मतदान यन्त्र प्रमाणीकरण गर्नुपर्ने वा विदेशी यन्त्र उपलब्ध गराइदिनुपर्ने विकल्प दिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?