दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले शुक्रबार दमौलीमा रॉके जुलुस निकालेको छ । भ्रष्टाचार र महंगीको विरोधमा विरोधमा राप्रपाले रॉके जुलुस निकालेको हो ।
देशमा बढेको महंगी र भ्रष्टाचारका बिरुद्दमा रॉके जुलुस निकालिएको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए।
राप्रपा कार्यकर्ता रॉके जुलुस निकाल्दै गर्दा प्रहरी भने रॉके निभाउँदै हिँडेको थियो ।
राप्रपाका कार्यकर्ताले ट्राफिक चोकमा नारा जुलुस समेत निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?