दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार ५७.६१ प्रतिशतले बढेको बजार २०८६.३८ बिन्दुमा पुगेर रोकिएको हो ।

शुक्रबार बजार घटेर बन्द भएको थियो । पछिल्लो केही दिनयता कारोबार रकम समेत बढिरहेको छ ।

शुक्रबारजस्तै आइतबार कारोबार रकम समेत साढे २ अर्ब पुगेको छ । आइतबार कुल २३१ वटा कम्पनीको ४५ हजार १२० वटा कारोबारबाट ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर किनबेच भएको छ ।

यसबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै उपसमूहमा हरियाली देखियो । व्यापार र जलविद्युत् उपसमुहका लगानीकर्ताले धेरै कमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?