काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा आलीले सरकारले प्रस्तुत गरेको बजेट बहुतै खतरनाक प्रक्रियाबाट आएको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै आलीले बजेट जनतालाई मर्कामा पारेर ल्याइएको बताए।
‘बजेट बजेट मात्रै रहेन। यो त इमानसँग, नैतिकतासँग, आचरणसँग, अभ्यासँग, मूल्यसँग, मान्यता, मर्यादासँग गर्न हुने/नहुने यसका सीमासँग सम्बन्धित हो’, उनले भने, ‘तर यो बजेट जनतालाई मर्कामा पारेर ल्याइया छ। यो अनपयुक्त भयो। यो बजेट बहुतै खतरनाक प्रक्रियाबाट निर्माण भएर आएको छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?