शर्माविरुद्ध राप्रपाको जाहेरी प्रहरीले लिन मानेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसहितको टोली शर्माविरुद्ध जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेको थियो ।

शाहीले तयार पारेको जाहेरीमा करको दर हेरफेर प्रकरणमा भारतीय मूलका नागरिक पनि संलग्न रहेको उल्लेख छ । प्रवक्ता शाहीले ‘माथिको आदेश’ भन्दै प्रहरीले जाहेरी दर्ता गर्न नमानेको बताए ।

राप्रपाले मन्त्री शर्मा, अर्थ सचिव मधुकुमार मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर, अर्थमन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, राजश्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, अवकाश प्राप्त कर्मचारी रघुनाथ घिमिरे, इन्फिनिटी होल्डिङ कम्पनीका फाइनान्स डाइरेक्टर भारतीय मूलका नागरिक उपेन्द्र हिरावत र इन्फिनिटिङ होल्डिङ कम्पनीका दीपक भट्टलाई कारबाही गर्न माग गर्दै जाहेरी दर्ताको तयारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?