दमौली : तनहुँको व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा अब प्राविधिक बिषय संञ्चालन गर्ने भएको छ ।
शुक्रबार ३७ औं व्यास नगरपालिकाको नगरसभाले आदिकवि भानुभक्त क्याम्पसमा प्राविधक बिषय संञ्चालन गर्नको लागि उक्त समिति गठन गरेको छ ।
विज्ञान तथा प्रविधि र इञ्जिनियरिङ जस्ता प्राविधिक विषय सञ्चालनार्थ व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
अध्ययन समितिको सदस्यमा व्यास–१ वडाध्यक्ष,आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समिति अध्यक्ष वा प्रतिनिधि, विज्ञ– विज्ञान तथा प्राविधि र सदस्य सचिव क्याम्पस प्रमुख रहने गरी समिति गठन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?