तनहुँ निषेधाज्ञा :खुकुलो गर्दै थपियो, केही व्यवसाय खोल्न दिने

तनहुँ जिल्लामा निषेधाज्ञा थप खुकुलो बनाउँदै असार १६ गतेसम्म लम्ब्याइएको छ ।जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञा असार १६ गते सम्म थप्ने निर्णय गरेको हो । तर यसपटक भने थप केही व्यवसाय पनि खोल्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

बैङ्क तथा वित्तीय संस्थाहरु न्यूनतम कर्मचारी राखी बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

त्यस्तै अत्यावश्यक सेवा तथा वस्तु यसअघि बिहान ५ बजेदेखि १० बजेसम्म खोल्ने भनिएकामा बिहान ५ बजदेखि ९ बजेसम्म  र  अन्य खोल्न अनुमति दिइएको उल्लेखित सेवा तथा व्यवसाय भने बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने भएको छ ।

स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना नगरी आउने ग्राहकलाई व्यापार नगर्न र व्यवसायीहरुले समेत स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी व्यवसाय गर्न अनुरोध गरिएको छ ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि ७ गते राति सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?