काठमाडौं : सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा संचालन हुने सार्वजनिक यातायातमा असार २७ गतेदेखि नै लागु भएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?