
दमौली : तनहुँमा एक युवाले जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएरविपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि मद्धत गरेको छ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्य राजु दाहालले सोही क्याम्पसमा कक्षा १२ अध्ययरत दुई छात्राको एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क ३२ हजार रुपियाँ सहयोगगरेको हो ।
लायन्स क्लब अफ तनहुँका अध्यक्ष समेत रहेका दाहालले क्याम्पसमा सोमबार एक कार्यक्रमकाबीच क्याम्पस छात्रवृद्धि कोषको संयोजक तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई सो रकम प्रदान गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष बह्मादत्त तिमिल्सिना, व्यास नगरपालिकाका प्रथम प्रमुख तथा क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष ताराप्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, कक्षा ११ र १२ का संयोजक चिरञ्जिवी बस्नेत लगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सबैले अनुशरण गर्नुपर्ने जरुरी रहेको औँल्याए ।
गत वर्ष पनि समाजसेवी दाहालले जन्मदिनको अवसर पारेर जेहेन्दार विद्यार्थीको अध्ययनको लागि २७ हजार रुपियाँ सहयोग गरेको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिए । कार्यक्रममा दाहालले अध्यनको कुनै अप्ठ्यारो परेको जानकारी गराएमा आफ्नो तर्फ भविष्यमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?