
दमौली : तनहुँको व्यासनगरपालिका -१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसमा संचालित संस्था जीवन सेवा अभियानको तेस्रो अधिवेशनमा सम्पन्न भएको छ । गुरुपुर्णिमा, महर्षि वेद व्यासकाे जन्म दिन तथा भानु जयन्तिको अवसरमा सो संस्थाले आफ्नो तेस्रो अधिवेशनमा सम्पन्न गरेको हो ।
संस्थाले अहिलेसम्म लगभग ४० जना भन्दा धेरै विद्यार्थीको लागि जीवन सेवा अभियानले प्रत्यक्ष रुपमा छात्रवृति प्रदान गरेको संस्थाका संस्थापक अध्यक्ष राजेश कुमार श्रेष्ठ जानकारी दिए । आर्थिक रूपमा कमजोर विद्यार्थीहरुलाई अध्ययनका लागि सहज भूमिका निर्वाह गर्ने र देशको औपचारिक एवं व्यावहारिक शिक्षामा सहभागी टेवा पुर्याउने उद्धेश्यले संस्था स्थापन गरेको संस्थापक अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा संस्थाको भिडियो क्लिप बनाई सहयोग गर्नुभएकोमा बिकल श्रेष्ठ, संस्थापक राजेश कुमार श्रेष्ठ, वार्ड अध्यक्ष बेल बहादुर अधिकारी र जीवन विज्ञानका शिक्षक दीपा पौडेललाई संस्थाले सम्मान गरेको संस्थाका अध्यक्ष पूजा सुनार जानकारी दिए ।
भानु नगरपालिका-१२ का वडाध्यक्ष बेल बहादुर अधिकारीले वार्षिक रूपमा संस्थाका लागि २५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष अध्यक्ष व्रम्हदत्त तिमल्सेना ,उपाध्यक्ष बुद्धिमान श्रेष्ठ , भानु नगरपालिका-१२ का वडाध्यक्ष अध्यक्ष बेल बहादुर अधिकारी, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, निर्मल मा.वि.का प्र.अ , जीवन विज्ञानका शिक्षक, लगायत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको सहभागी रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?