दमौली : तनहुँको व्यास नगरपालिकाका–११ सेरा स्थित बुल्दी खोलाले बगाउदाँ घाईते भएकी स्थानीय चार बर्षीय बालिका युबिना थापाको नाउँमा रु.एक लाख बहत्तर हजार दुई सय तेत्तिस संकलन भएको छ ।
घाइते बालिकाको उपचारको लागि थालिएको सहयोग अभियानमा कूल तीन लाख सतचालिस हजार २ सय ३३ संकलन भएको मध्ये रु.एक लाख पचहत्तर हजार उपचारमा खर्च गरी बचत भएको एक लाख बहत्तर हजार २ सय ३३ बालिकाको खातामा जम्मा गर्न लागेको हो ।
गत असार २ गते सोही वडा स्थित बसन्त आधारभूत विद्यालयको कक्षा नर्सरीमा अध्यनरत थापा विद्यालयबाट घर फर्किने क्रममा स्थानीय बुल्दी खोलाले बगाउदाँ घाईते भएकी बालिकाको उपचार गरेर बढी भएको उक्त रकम बालिकाको नाउँमा जम्मा गर्न लागेको हो ।
खोलाले बगाउने क्रममा बालिकाको योनीको भाग भन्दा केही माथिबाट काठको ठोसो पस्दा पाठेघरसम्म पुगेर घाइते भएपछि उपचारको लागि पोखरा स्थित फिष्टेल हस्पिटलमा लागि लगिएको थियो ।
आर्थिक अवस्था नाजुक रहेकी बालिकाको उपचारको क्रममा आर्थिक अभाव भएपछि विद्यालयकी पूर्व प्रधानाध्यापक शर्मिला पौडेल ओझाले सहयोग संकलनको लागि अभियान चलाएकी थिइन् ।
सामाजिक संजाल मार्फत शिक्षिक ओझाले चलाएको अभियानमा व्यास नगरपालिका, वडा कार्यालय लगायत विभिन्न संघ सस्थाले आर्थिक सहयोग गरेका थिए ।
बालिकाको स्वास्थ्यमा पुन :समस्या आएमा सोही रकमले उपचार गर्ने र समस्या नआएमा पढाई खर्चमा खर्च गर्ने गरी बैकमा खाता खोलेर जम्मा गर्ने सहमति भएको शिक्षिका ओझाले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?