कमजोर बन्यो मनसुनी प्रणाली, दमौलीमा झन् बढ्यो गर्मी

दमौली : मनसुनी प्रणाली कमजोर भएकाले अबको तीन दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

बर्खाको समय भएकाले केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि लगातारको झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताए।
 केही दिनयता लगातारजसो पानी नपरे पछि गर्मी बढेको छ । विशेषगरी तराईमा गर्मीले जनजीवन प्रभावित भइरहेको छ ।
तनहुँको दमौलीसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?