दमौली : तनहुँको देवघाट गाउँपालिकाले करारका कर्मचारीहरुलाई साउन १ गतेबाट कार्यालयमा हाजिर नहुन सूचना जारी गरेको छ ।पालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदीले एक पत्र जारी गर्दै साउन १ गतेबाट कार्यालयमा हाजिर नहुन सूचना जारी गरेका हुन् ।
जारी पत्रमा भनिएको छ : “यस गाउँपालिका वा यस अन्तर्गतका कार्यालयहरुमा करार सेवामा कार्यरत कर्मचारीहरुसगको करार सम्झौता २०७९ साल असार मसान्तसम्म भएकोले कार्यापालिकाको असार ३१ को बैठकको निर्णय समेतको आधारमा आगामी आर्थिक बर्षको लागि करार सम्झौता सम्बन्धि निर्याय नहुँदासम्म २०७९ साल साउन १ गतेदेखि गाउँपालिकाको कार्यालयमा हाजिर नगर्नु हुनको लागि जानकारी गराईन्छ” ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?