दमौली : जीवन सेवा अभियान निर्मल मा.विको अध्यक्षमा अस्मी दवाडी चयन भएको छ । शुक्रबार विद्यालयमा भएको भेलाले दवाडीको अध्यक्षमा सहित ११ नया कार्य समिति चयन गरिएको हो । २०७५ सालमा आर्थिक रूपमा कमजोर विद्यार्थीहरुलाई अध्ययनको यात्रामा सहयोग गर्ने अभिप्राले आध्यात्मिक संस्था जीवन विज्ञानको अनुयानी हुँदै राजेश कुमार श्रेष्ठको नेतृत्वमा जिवान सेवा अभियान आदिकवि भानुभत्त क्याम्पस स्थापना भएको थियो।
यस अभियानले क्याम्पसमा मात्र नभई अन्य विद्यालयमा विद्यार्थीलाई अध्ययनमा टेवा पुर्याउने खालको पोशाक, स्टेसनरी, उत्प्रेरणा कार्यक्रम गर्दैै सहयोग गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसमा जीवन सेवा अभियानले गरेको कामको उच्च प्रशंसा गर्दै विद्यार्थीको जीवनमा आइपर्ने समस्या देखि नडराई आफ्नो गन्तव्य पूरा गर्न सहयोग गर्न सक्ने भएकोले सबै विद्यार्थीहरू यस्तो पुण्य कार्यमा सानै देखि लाग्नु पर्नेमा जोड दिए ।
निर्मल मा.वि.का प्रधानध्यापक गणेश चन्द्र बस्नेतले विद्यार्थीलाई अनुशासित हुँदै आफूले आफूलाई चिन्न र योगको माध्यमले स्वास्थ्य रही आफ्नो दैनिकी फलदायी बनाउन यस्तो अभियान प्रत्येक विद्यालयमा अावशयक रहेको बताए ।
जीवन सेवा अभियान आदिकवि भानुभत्त क्याम्पसको अध्यक्ष प्रमीता गहतराजको अध्यक्षता भएको कार्यक्रममा निर्वतमान अध्यक्ष पूजा सुनारले योगको प्रयोगात्मक कक्षा सञ्चालन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?