बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दमौली : तनहुँको व्यास-११ सेरामा बस र मोटरसाइकल आपसमा ठोकिंदा मोटरसाइकल एक युवकको  मृत्यु छ । घाँसिकुवा-फराकचौर भित्री सडक खण्डमा स्कुल  बस र मोटरसाइकल आपसमा ठोकिंदा मोटरसाइकल पछाडी सवार युवाको  मृत्यु भएको हाे।

मृत्यु हुनेमा स्थानीय २३ वर्षका विक्रम सुनार रहेका छन् । मोटरसाइकल चालक स्थानीय २२ वर्षका सुजन सुनारको भने उपचार भैरहेको र खुट्टामा चोट लागेको प्रहरीले बताएको छ ।

घाँसिकुवाबाट फराकचौर जादै गरेको माया युनिभर्सल एकेडेमीको ग १ क ३६८३ नम्बरको बस र फराकचौरबाट घाँसीकुवा आउँदै गरेको ग १५ प ६५०४ नम्बरको मोटरसाइकल ठक्कर खाएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?