काठमाडौं : पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ९० परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ । शनिबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?