
दमौली : तनहुँको व्यासनगरपालिका वडा न.१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको प्रमुखमा ६ महिनाका लागि प्रमुख महाप्रसाद हड्खलेलाई पुर्ननियुक्ति गरेको छ ।
शनिबार सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेनाको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकबाट ‘अर्को व्यवस्था नभएसम्म बढिमा ६ महिनाका लागि’ भन्दै हड्खलेलाई नै पुनर्नियुक्ति गरेका हुन् ।
हड्खलेको कार्यकाल सकिने अन्तिम दिन आज उनलाई नै पुर्ननियुक्ति गर्दा कार्यसमिति माथि नै विभिन्न टिप्पणी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?