आज साउनको पहिलो सोमबार, शिवालय मन्दिरहरुमा भिड

साउन महिनाको पहिलो सोमबार ।  साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। आज शिवालय मन्दिरहरुमा  बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ। आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ।

यो वर्ष साउनको २ सहित ९,१६,२३ र ३० गते सोमबार परेको छ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?