काठमाडौं : नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १६.२० अंक (०.८० प्रतिशत) ले बढेर २०४५.६३ बिन्दुमा पुगेर रोकिएको छ ।
मंगलबार नेप्सेसँगै सबै उपसूचकमा वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक सवार्धिक २.७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक १.८५ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार १ अर्ब ३१ करोड ३० लाखको कारोबार भएको बजारमा मंगलबार ५७ लाख १३ हजार २४८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २९ करोड ९३ लाखको कारोबार भएको छ ।
कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको १५ करोड ९८ लाखको कारोबार भएको छ । यस्तै एभरेष्ट बैंकको १० करोड पाँच लाख र हिमालयन डिस्टिलरीको आठ करोड ४८ लाखको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?