आँबुखैरेनी गाउँपालिकाको बजेट : ६१ करोड ७० लाख ६१ हजार

आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट विवरण सार्वजनिक गरेको छ ।

बिहीबार गाउँपालिकाको नवौं गाउँ सभामा अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा गाँउपालिका उपाध्यक्ष पुष्पा देवी श्रेष्ठलेआर्थिक वर्ष २०७८/०७९ को  बजेट कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ करोड ७० लाख ६१ हजार रुपैंया कुल बजेट विनियोजन गरेको छ । कूल विनियोजन मध्ये आर्थिक विकास तर्फ रु ५ करोड २७ लाख ४५  हजार, सामाजिक विकास तर्फ रु.२१ करोड १३ लाख ९० हजार, पूर्वाधार विकास तर्फ रु.१७ करोड ९ लाख ६० हजार,  सुशासन तर्फ रु.१ करोड २७ लाख ५० हजार,कार्यलय संचालन तथा प्रशासनिक तर्फ रु.९ करोड ८२ लाख १६ हजार, र सामाजिक सुरक्षा तर्फ  ६१ करोड गरि  जम्मा रु.६१ करोड ७० लाख ६१ हजार रुपैंया बजेट विनियोजन गरेको पालिकाले जनाएको छ ।

यस्तो छ नीति तथा कार्यक्रम, हेर्नुस् पूर्णपाठ

[pdf-embedder url=”https://www.damaulionline.com/wp-content/uploads/2021/06/निति-तथा-कार्यक्रम-२०७८।७९.pdf” title=”निति तथा कार्यक्रम २०७८।७९”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?