पराशर मा.वि द्वारा शुभकामना आदान-प्रदान

दमौली : तनहुँको व्यास -५ बेनीपाटनमा रहेको पराशर मा.विले बिजया दशमी, दीपावली, बकरइद र छठ लगायतको अवसरमा उपलक्ष्यमा आइतबार एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ ।

बिद्यालय व्यस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीकाे अध्यक्षता भएको कार्यक्रममा बेनीपाटन टाेल विकास संस्थाका अध्यक्ष एवं निवर्तमान प्रधानाध्यापक हेेम पाैडेल,प्रधानाध्यापक रामदत्त पाैडेल, शिक्षकहरुकाे तर्फबाट शिक्षक अमृता आले, विद्यार्थीहरुकाे तर्फबाट कक्षा १० कि छात्रा मनिषा थापाले शुभकामना मन्तव्य राखेको थियाे ।

विद्यार्थी तथा शिक्षकहरुद्वारा विभिन्न साङ्गितिक नृत्यहरु प्रस्तुत गरिएकाे साे कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई टिका, जमरा सहित प्रसाद दिएर विजयादशमीकाे शुभकामना व्यक्त गरेका थिए  ।

उक्त कार्यक्रमकाे संचालन शिक्षक शम्भुलाल थापालेे गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?