काठमाडौं : नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल पार्टी संसदीय दलको नेतामा चयन भएका छन्।
एकीकृत समाजवादीको सोमबार बसेको संसदीय दलको बैकले नेपाललाई नेता चयन गर्ने निर्णय गरेको हो।
नेपाललाई संसदीय दलको नेता चयनका लागि पार्टी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले प्रस्ताव राखेका थिए।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महासचिव बेदुराम भुसालले दलको नेता माधव कुमार नेपालको प्रस्तावमा दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको जानकारी दिए।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?