दमौली : तनहुँको व्यास नगरपालिका-१ भादगाउँ स्थित लालीगुराँस विद्यासगर बोर्डिङ स्कुल अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुन सफल भएको छ । एनप्याब्सन तनहुँद्वारा शनिवार दमौलीमा आयोजित अन्तर विद्यालय नृत्य प्रतियोगिता सहभागी १६ विद्यालयलाई पछि पार्दै लालीगुराँस विद्यासगर प्रथम हुन सफल भएको हो ।
प्रतियोगितामा द्वितीय स्थान न्यु मनकामना बोर्डिङ स्कुल, तृतीयमा दमौली पब्लिक इङ्लिस स्कुल, सान्त्वनामा ताराकुञ्ज बोर्डिङ स्कूल, ग्रीन स्टार सेकेन्डरी बोर्डिङ स्कुल र आदर्श बिद्यागृह बोर्डिङ स्कुलले प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु १६ हजार, रु १२ हजार र रु आठ हजार सहित प्राप्त गरेको छ । त्यस्तै सान्त्वना हुने तीन वटा विद्यालयलाई रु तीन हजारका दरले पुरस्कार प्राप्त गरेको छ ।
प्रथम र द्वितीय हुने विद्यालयले गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले बताएका छन् ।
वक्तृत्वकला प्रतियोगिता तर्फ







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?