भोर्लेटार : महाशिवरात्रिका अवसरमा इशानेश्वर महादेव मन्दिरमा शनिबार करिव लाख भक्तजनले दर्शन गरेको मन्दिर क्षेत्र विकास कोषले जनाएको छ ।
यस अवसरमा मन्दिरको ढोका बिहान ५ बजेदेखि नै खुला गरिएको थियो ।
ढोका खोल्नुअघिदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको लाम सुरु भएको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्री घिमिरेले जानकारी दिए।
महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेषरुपमा सिँगारिएको छ । दर्शनार्थीलाई व्यवस्थितरुपमा दर्शन गराउन सुरक्षाकर्मी र स्वयंसेवक खटाइएको घिमिरेले बताए ।
तस्बिर : सुरज गुरुङ











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?