काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको दाबी गरेकी छन् ।
फरक प्रसङ्गमा मन्त्री शर्माले दाङमा विमानस्थलका नाममा राजनीति नगर्न आग्रह गर्नुभयो । “यसो गर्दा विमानस्थल विस्तारमा असर गर्छ’, उनले भनिन्, ‘पहिलो प्राथमिकता भनेको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थललाई नै प्रभावकारी बनाउने हो । त्यहाँ प्राविधिक समस्या भए मात्र दाङको जुनसुकै ठाउँमा भए पनि प्रभावकारी विमानस्थल हुनुपर्छ ।’
जिल्लाका धेरै ठाउँमा अझै पनि टेलिकम टावर नहुँदा फोन सेवाको पहुँच पुग्न नसकेको मन्त्री शर्माले बताइन् । धेरै ठाउँमा टावर निर्माणको प्रक्रिया अघि बढेको उनले जानकारी दिइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएको भन्दै अबको केही समयमा स्नातक तहका शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी रहेको उनले बताइन् ।
सो अवसरमा चारवटै पालिकाका माओवादी केन्द्रका अध्यक्षले विकास निर्माणको अवस्थाका बारेमा मन्त्री शर्मालाई जानकारी दिएकी थिइन् । बबई गाउँपालिकाका अध्यक्ष एकलाल घर्ती, दङ्गीशरणका अध्यक्ष मनिराम चौधरी, तुलसीपुरका अध्यक्ष खुसीराम चौधरीलगायतले आ-आफ्नो धारणा राखेका थिए ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?