हात हल्लाउँदै सरकारी वकिलको कार्यालयमा पुगे टोपबहादुर रायमाझी

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको छ ।

प्रहरीले रायमाझीलाई हिरासतमा रखेर अनुसन्धान अगाडि बढाउन म्याद थप गर्नका लागि जिल्ला अदालतमा उपस्थित गराउँदै छ । रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय लैजाँदै गर्दा रायमाझीले हात हल्लाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?