अभियन्ता प्रविनको आह्वान- पार्टी भन्दा माथि उठेर भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुनुस्

दमौली : तनहुँको व्यास नगरपालिका -२ निवासी सामाजिक अभियन्ता प्रविन पौडेलले पार्टी माथि उठेर भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आग्रह गरेका छन् । पौडेलले व्यास -३ अनसन चौतारीमा आयोजित भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका हुन।

आइतवार देखि दमौलीमा एक्लै आन्दोलन सुरु गरेका पौडेललाई समर्थन गर्न सोमवार सर्वसाधारणहरु सहभागी रहेको थियो। उनले आइतवारवाट दिउँसो २ देखि ३ बजे सम्म भ्रष्टाचारविरुद्धको अभियानमा संचालन गने बताएका थिए । मंगलवार (आज )भने उनले साढे ३ बजे देखि आन्दोलन गर्ने बताएका छन् ।

‘भ्रष्टाचारविरुद्धको अभियानमा जो जहाँ छौँ, त्यहीँबाट आवाज उठाऔँ, खबरदारी गरौँ, दबाब दिऔँ । नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ,’ पौडेलले भने ।

“आइतबार देखि सुरु गरे , सोमवार दोस्रो दिन अन्य साथीहरु पनि सहभागी थियो  ,” उनले भने ” आज मंगलवार समयानुकुल हेरेर साढे ३ बजे गर्ने निर्णय गरेको छौँ । ”

कहिले खुल्छ बाँकी फाइल ?, कहिले सम्म भ्रष्टाचारर भ्रष्टाचारीलाई छुट? र भ्रष्टाचार संरक्षकलाई कहिले सम्म पाल्ने ? लगायतका उनका नारा रहेका छन् ।

पौडेल मङ्सिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा हाम्रो नेपाली पार्टीवाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी समेत रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?