गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाइने

दमौली : गणतन्त्र दिवसको अवरमा तनहुँमा विभिन्न कार्यक्रम गरेर मनाइने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा आज बसेको बैठकले तनहुँमा गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले दिवस यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ ।

तनहुँमा दिवसको दिन आज आज विहान नगर क्षेत्रमा बिभिन्न सरसफाई कार्यक्रम गर्ने , दमौली अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्ने, जिल्ला समन्वयमा जलपान समारोह लगायतका गर्ने निर्णय बैठकले गरेको प्रजि अधिकारीले बताए ।

सरकारी कार्यालयहरुमा र आम नागरिहरुलाई तिन दिन सम्म दिपावली गर्ने निर्णय भएको छ । गणतन्त्र दिवसको अवसरमा स्वास्थ्य परीक्षण लागतय जिल्लाभर सरसफाई अभियान संचालन गर्ने तथा माध्यमिक विद्यालय स्तरी निवन्ध प्रतियोगिता गर्ने निर्णय भएको छ ।

दिवस मनाउन आम नागरिकलाई सहभागिता जनाउन आग्रह गरिएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?