पोखरा : गण्डकी प्रदेश सरकारले संघ सरकारलै नीति पछ्याउँदै औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।
आइतबार आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएका हुन् ।
यसअघि संघ सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा औषधिजन्य प्रयोगकै लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?