गर्मीले दमौलीको जनजीवन प्रभावित, विद्यालयको बिदा लम्ब्याइयो

व्यास नगरपालिका

दमौली : अत्याधिक गर्मीका कारण तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकाका विद्यालयमा गर्मी बिदा लम्ब्याइएको छ।

व्यास  नगरपालिकाले जेठ १९ देखि २७ गतेसम्म गर्मी बिदा दिएकोमा अझै थप एक हप्ता बढाइएको छ। नगरपालिकाले यसअघि वैशाख १९ गते पनि गर्मी बिदाका लागि सूचना जारी गरेपनि विद्यालयले अटेरी गर्दै आएका छन् ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले २६ गते शुक्रबारसम्म बिदा बढाइएको जानकारी दिएका थिए। नगरपालिकाले बर्खे बिदामा कट्टा हुने गरी २८ गते आइतबारदेखि गर्मी बिदा थप गरेको छ।

व्याससँगै शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकालेपनि गर्मी बिदा दिएका छन्। अत्याधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले गर्मी बिदा दिइएको पालिकाहरुले जनाएका छन्।

तनहुँमामा यतिबेला ३९  डिग्रीमाथि तापक्रम रहेको छ। यो गर्मीमा कतिपय विद्यालयमा टिनका छाना छन्।

यस क्षेत्रमा पानी पर्न सकेको छैन। पानी नपर्दा तापक्रम बढिरहेको छ। अत्याधिक गर्मीले दमौली बजार नै दिउँसोमा सुनसान देखिएको छ।

स्वास्थयकर्मीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?