पोखरा: चीनको सिचुवान ड्रागन बोट टिमले फेवातालमा सम्पन्न पहिलो नेपाल– चीनमैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फेवातालमा भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले उपाधि जितेको हो ।
प्रतियोगितामा विजेता भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै, प्रतियोगितामा उपविजेता भएको नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले २ र ५ सय मिटर दुवै विधामा उपविजेतासँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।
प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले पुरस्कार प्राप्त गरेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?