दमौली : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्षमा दमौलीमा बुधवारे हाटबजार संचालन गर्ने भएको छ । नगरसभामा आर्थिक वर्ष २०८०/ ०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुधवारे हाटबजार संचालन गर्ने बताएका हुन् ।
उनले नगरसभामा उनले भने :” कृषि उपज बिक्री वितरणका लागि दमौलीमा परम्परागत रुपमा सञ्चालन हुने गरेका बुधवारे हाट बजार र माघे सक्रान्तिमा लाग्ने मेलालाई सञ्चालनमा ल्याइने छ । ”
वडाका व्यवसायिक केन्द्रहरुमा वडा समितिको समन्वयमा पशु, कृषि हाट बजारको व्यवस्था मिलाइने छ । साथै उत्कृष्ट व्यवसायी किसानहरुलाई पुरस्कृत गरिने बताए ।
साथै स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्न, फलफूल, तरकारी वालीहरु, पशुपंक्षी पालन तथा मत्स्य पालनको पञ्जीकरण, अनुसन्धान, प्रवर्द्धन र बजारीकरणमा सहयोग पुऱ्याइने छ । त्यसका लागि आवश्यक सडक, विद्युत, सिंचाई, सङ्कलन एवं बिक्री केन्द्र जस्ता आधारभूत पूर्वाधारको विकास गरिने छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?