दमौली : तनहुँको देवघाट धामको वेणि सङ्गममा नुहाउने क्रममा एक युवा बेपत्ता भएका छन् ।
शुक्रवार विहान ७ : १५ बजे दाङको तुल्सीपुर नगरपालिका – १२ का ३२ वर्षीय लोकेन्द्र भुसाल नुहाउने क्रममा बेपत्ता भएका हुन ।
शरिरका कपडाहरु खोली नदि किनारमा राखी नुहाउदै गरेका पछि नामथर वतन खुल्न आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
प्रहरीले बेपत्ता युवाको खोजी गरे पनि हाल सम्म फेला नपारेको जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जानकारी दिए।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?