दमौली : तनहुँको व्यास नगरपालिकाले पनि लार्भा खोज र नष्ट अभियान चलाएको छ । शुक्रबार डेङ्गुबारे जोगिन अपिल गर्दै दमौली बजार क्षेत्रमा सचेतनामुलक अभियान संचालन गरेको हो ।
डेंगुबाट धेरैले ज्यान गुमाएको भन्दै सचेतनाका लागि अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । अभियानको पहिलो दिन आज व्यास नगरपालिका–२, ३ र ४ का ग्यारेजहरुमा रहेका टायरहरुमा जमेको पानी सरसफाइ गरिएको उनले बताए ।
व्यास नगरपालिकाको ¥यापिड रेष्पोन्स टिमको बैठकले नगरपालिकाका १४ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको सोतीले बताए ।
उनले चेतनाको अभावले हेलचेक्र्याई भइरहेको हुदाँ नागरिकलाई सचेत गराउन यो अभियान चलाइएको बताएका थिए । उनले भने ‘हामी सचेत भएनौ भने हामी डेंगुकोे सिकार हुन सक्छााँ । त्यहि भएर घर वरपर पानी जम्न नदियौँ ।’










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?