हर्क साम्पाङको मोडल अपनाउँदै बन्दीपुरमा पनि सुरु भयो श्रमदान अभियान

दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाले धरान उपमहानगर प्रमुख ‘हर्क साम्पाङ मोडल’ अपनाउँदै श्रमदान अभियान थालेको छ। ६ वडा रहेको गाउँपालिकाले साम्पाङ मोडल पछ्याउँदै नगरमा श्रमदान अभियान थालेको हो।

बन्दीपुर – ४ स्थित खहरे बिरुवाटारमा सिंचाइको लागी कुलो निर्माण कार्य सुरु भएको छ । हिउँदको समयमा तरकारीबाली सिंचाइ तथा वर्षातको समयमा धान रोप्नका लागि सिंचाइ योजना निमार्ण कार्य सुरु गरिएको गाउँपालिकाका गाउँपालिकाले जनाएको छ ।

गत शनिवारबाट सुरु भएको अभियान आज पनि निरन्तर भएको छ  ।  निमार्ण कार्यमा श्रमदानमा सहभागी हुँदै गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले आयोजना निर्माण भएपछि सोचे अनुसार खेतीबाट उब्जनी हुने बताए।

गण्डकी प्रदेश सरकारबाट विनियोजित करिव ४५ लाख रुपैयाँ बजेट तथा जनश्रमदान सहित सिंचाई कुलो पाइप सहितको ट्याङ्कीको निर्माण हुनेछ ।

आयोजनामा जनप्रतिनिधि सहित समुदायको उल्लेखनीय सहभागिता रहेको छ । एकै दिनमा करिव ४० जनाभन्दा बढीको सहभागीता रहेको निर्माण समितिका अध्यक्ष हरिकासी बाचे मगरले बताए ।

उक्त परियोजनामा १३ सय मिटर लम्बाइ सिंचाइ कुलो मध्य ३०० मिटरमा जिआइ पाइप र अन्य ठाउँमा कालो पाइप प्रयोग गरी २०० घनमिटर को २ ओटा टंकीमा खसालिनेछ ।

हिउँदको समयामा हिउँदे वाली तथा तरकारी वालि सिंचाई गरीने र वर्षातको समयमा मुलको पानि संकलन गरि धान रोपाइ कार्यमा प्रयोग गरीने छ । उक्त ट्याङ्की निर्माण पछि त्यहाका करिब १ सय घरका खेतबारी सिचाइका लागी सहज हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?